भारतमा पुलको रेलिंग भाँचिएर बस नदीमा खस्दा १५ जनाको मृत्यु

भारतमा पुलको रेलिंग भाँचिएर बस नदीमा खस्दा १५ जनाको मृत्यु

  • जन संचार
  • मंगलबार, २६ बैशाख २०८०
  • 6.4K
    Shares

भारतमा पुलको रेलिंग भाँचिएर बस नदीमा खस्दा १५ जनाको मृत्यु

भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २० २५ जना घाइते भएका छन् ।

प्रदेशको खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बस बैराड नदीमा खसेको थियो । नदीमा भने पानी थिएन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

प्रतिक्रिया