प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता

  • जन संचार
  • बिहिबार, २१ बैशाख २०८०
  • 7.7K
    Shares

प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सो भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गरेका बज्राचार्यले बताए ।

प्रतिक्रिया