संसदभवन अगाडि फेरि आत्मदाह प्रयास

संसदभवन अगाडि फेरि आत्मदाह प्रयास


  • जन संचार
  • शुक्रबार, २४ चैत्र २०७९
  • 2.9K
    Shares

संसद भवन

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। संसद भवनको एक नम्बर गेट अगाडि ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर पक्राउ गरेकाे छ ।

प्रहरीले उद्धार गरेको भनिएका ५० वर्षीय प्रेम लामालाई बानेश्वर वृत्तमा लगिएको बताइएको छ। काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए। ‘पारिवारिक कारण देखिन्छ। हामी सम्झाएर परिवारको जिम्मा लगाउँदै छौँ एसएसपी कार्कीले भने।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका व्यक्तिलाई वृत्तमा राखेर परिवार बोलाई जिम्मा लगाउने काम भइरहेको छ।

यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

प्रतिक्रिया