भारतमा भाजपा नेता तथा कोइला व्यवसायी राजु झाको पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा हत्या हत्या भएको छ।
हत्यामा प्रयोग भएको निलो रंगको कार आइतबार बिहान प्रहरीले बरामद गरेको छ।
राजुको कार शक्तिगढस्थित मिठाई पसल अगाडि पार्किङ गरिएको प्रत्यक्षदर्शीले बताए। सोही समयमा नीलो रंगको कारमा भएका मानिसहरूले अन्धाधुन्ध गोली चलाए।
आक्रमणपछि यसमा सवार आरोपीले कारलाई त्यहीँ छाडेर रेल चढेर कोलकातातर्फ भागेका हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त गाडी आज बिहान स्टेशन जाने बाटोमा अलपत्र अवस्थामा फेला परेको हो।
प्रहरीले कारबाट केही बोतल रक्सी समेत बरामद गरेको छ। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ। बीबीसी