अमेरिकाको एक बिद्द्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु

अमेरिकाको एक बिद्द्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु


  • जन संचार
  • मंगलबार, १४ चैत्र २०७९
  • 12.2K
    Shares

अमेरिकाको टेनेसी राज्यको न्यासभिलमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु

अमेरिकाको टेनेसी राज्यको न्यासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ।

प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ। गोलीबारी भएको विद्यालय न्यासभिलको एउटा निजी विद्यालय हो। सो विद्यालयमा ११ वर्षसम्मका बालबालिका पढ्छन्।

यो हमलापछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तनको बारेमा फेरि एकपटक पुरानो बहसको चर्चा सुरु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गर्ने कुरा गरेका छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन्।  न्यासभिलका प्रहरी प्रमुख जोन ड्रेकका अनुसार आक्रमणकारीले आफ्नो बाटोमा आउने जो कोहीलाई गोली हानेका हुन्।

आक्रमणकारी तेस्रोलिङ्गी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया