फेसबुकका संस्थापक मार्क जुकरवर्ग र प्रिसिला च्यानले शुक्रबार फेसबुकमा फोटोहरु सार्वजनिक गर्दै आफुहरुको तेस्रो सन्तान भएको खबर सार्वजनिक गरेका छन् । मार्कले आफ्नो फेसबुकमा प्रिसिला र छोरीको फोटो सेयर गरेका छन्। उनले लेखेका छन्, ‘अरेलिया च्यान जुकरवर्ग, यो संसारमा स्वागत छ।’
यसअघि दुई छोरी म्याक्सिम र अगस्ट छन् रहेका छन्। मार्क र प्रिसिलाकी पहिलो सन्तान म्याक्सिम सन् २०१५ डिसेम्बरमा जन्मिएकी थिइन् भने त्यसको दुई वर्षपछि सन् २०१७ को अगस्ट महिनामा उनीहरूकी दोस्रो सन्तान अगस्ट जन्माएका थिए ।