किशोरीहरुलाई बन्धक बनाइ यौन दुर्ब्यबहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

किशोरीहरुलाई बन्धक बनाइ यौन दुर्ब्यबहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

  • जन संचार
  • आइतबार, १४ फाल्गुन २०७९
  • 4.4K
    Shares

किशोरीहरुलाई बन्धक बनाइ यौन दुर्ब्यबहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

किशोरीहरुलाई प्रलोभन देखाएर विभिन्न जिल्लाबाट  बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले बताए ।

ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो ।

त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया