शुक्रबार १४ सयले घटेको सुनको मुल्य आज २ हजार रुपैया घट्यो, कतिमा हुदैछ त कारोवार ?

शुक्रबार १४ सयले घटेको सुनको मुल्य आज २ हजार रुपैया घट्यो, कतिमा हुदैछ त कारोवार ?


  • जन संचार
  • आइतबार, २२ माघ २०७९
  • 15.9K
    Shares

सुनचाँदीको मुल्यव्रिद्दी

शुक्रबार तोलामा चौध सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया