अघिल्लो दिन बिहीबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख ६ हजार १ सय तोकिएको छ।
बिहीबार प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको थियो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै,सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रूपैयाँले घटेर १ हजार ३ सय ६५ तोकिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको महासंघले जनाएको छ।