काठमाडौं यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालयमा प्रहरीले छापा मारेको छ।
बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद थप गर्ने प्रहरीले तयारी गरिरहेको छ।