सुनको मूल्य यस वर्षको उच्च : सुन–चाँदीको भाउ तोलाको कति?

सुनको मूल्य यस वर्षको उच्च : सुन–चाँदीको भाउ तोलाको कति?


  • जन संचार
  • बिहिबार, २१ पुष २०७९
  • 7K
    Shares

सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारका यो मूल्य यो २०७९ कै उच्च हो । आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख तीनहजार एक सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख दुई हजार छ सय र चाँदीको मूल्य एकहजार तीनसय ८५ रुपैयाँ तोकिएको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुनको मूल्य एक लाख दुई हजार नौ सय, तेजावी सुनको मूल्य एक लाख दुईहजार छर सय र चाँदीको मूल्य एकहजार चार सय सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रतिक्रिया