आज सुनको भाउले बर्षदिन यताकै गर्यो रेकर्डब्रेक, लाखभन्दा कति माथि पुग्यो ?

आज सुनको भाउले बर्षदिन यताकै गर्यो रेकर्डब्रेक, लाखभन्दा कति माथि पुग्यो ?


  • जन संचार
  • मंगलबार, १९ पुष २०७९
  • 13.6K
    Shares

सुनको मूल्य बर्षकै उच्च

सुनको मूल्य आज प्रतितोला एक लाख २६ सय रुपैयाँ पुगेको छ। मंगलबार सुनको भाउ वर्ष दिन यताकै उच्च बिन्दुमा पुगेको छ।

वैशाख ५ गते प्रतितोला एक लाख २५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २६ सय रुपैयाँ पुगेको छ।

यो मूल्य गत आठ महिनाकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुन–चाँदीको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि बढेको व्यवसायीहरू बताउँछन्।

 

प्रतिक्रिया