प्युठानकी युवतीको शब नौदिनदेखि बुटवल अस्पतालमा अलपत्र : हत्या कि आत्महत्या ? देखियो बिबाद

प्युठानकी युवतीको शब नौदिनदेखि बुटवल अस्पतालमा अलपत्र : हत्या कि आत्महत्या ? देखियो बिबाद


  • जन संचार
  • बुधबार, १३ पुष २०७९
  • 13.1K
    Shares

प्यूठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीया लालमती खत्री क्षेत्रीको शब नौ दिनदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्वर १३ भैरहवा हाटबजार नजिकै आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी लालमतीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै उनका आफन्तहरुले शब बुझ्न मानिरहेका छैनन् भने प्रहरीले प्रमाण नपुगेकाले आत्महत्या दुरुत्साहन सम्बन्धि उजुरी लिन मानिरहेको छैन।

मृतकका परिवारले लालमतीको हत्या भएको भन्दै सिद्धार्थनगर नगरपालिका वडा नम्वर १ रुपन्देहीका ३० वर्षीय जोर्डन विक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएका छन् । तर प्रहरीले प्रमाण नपुगेको भन्दै उक्त जाहेरी दर्ता गर्न मानिरहेको छैन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपनि आवश्यक कागजात नपुगेको प्रतिक्रिया दिए । ‘आत्महत्या दुरुत्साहन हो भनेर संलग्न गरिएका कागजातले पुग्दैन्’, उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’

दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलरिङ सेन्टर संचालन गर्दै आएकी लालामतीका कान्छो दाई टेकराज केसी बहिनीले आफ्नै कारणले आत्महत्या नगरेको ठानिरहेका छन्। उनी बहिनीका कोठामा भेटिएका प्रमाणहरु देखेर आफ्नो बहिनीलाई आत्महत्या गर्न बाध्य पारिएको तर प्रहरीले प्रमाण नपुगेको भन्दै उजुरी लिन नमानेको गुनासो गरिरहेका छन्। लालमती घरकी झाइली (कान्छी माथिकी) छोरी हुन् ।

‘बहिनीको कोठामा आरोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको छ’, दाई टेकराजले प्रश्न गर्दै भने, ‘प्रमाणसहित प्रहरीलाई लिखित जाहेरी दिँदा पनि प्रहरीले किन प्रक्राउ गर्दैन ?’

जिल्ला प्रहरी कार्यालय भैरहवामा परिवारले जाहेरी दिएका छन् । आरोपित व्यक्तिको खोजी हुँदैछ, हुँदैछ भनेर मात्र प्रहरीले टार्न खोजेको परिवारको गुनासो छ । बहिनी र आरोपित व्यक्तिको बीचमा भिडियो च्याटको कुराकानी, बहिनी बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबुक परिवारले प्रहरीलाई दिएका छन् ।

छिमेकीका अनुसार अघिल्लो साँझसम्म आरोपित व्यक्ति मृतकको कोठामा थिए । एक महिनादेखि विवाह गरेको भनेर सँगै बस्दै आएको छिमेकीसँग मृतक लालमतीले पनि भन्दै आएकी थिइन् । आरोपित यूवा र मृतक यूवतीबीच गरिएका भिडियो, म्यासेजमा गरिएका कुराकानी, सँगै बसेका फोटा लगायत प्रमाणले उनीहरु प्रेम सम्वन्धमा रहेको बुझिएको छ ।

प्रतिक्रिया