भारतीय दलालको आरोप लागेका कांग्रेसका नेता अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा कुटिए

भारतीय दलालको आरोप लागेका कांग्रेसका नेता अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ माघ २०७३
  • 11.4K
    Shares

अमरेश कुमार सिंह

नेपाली राजनतिमा भारतको आबाज बोल्ने भारतीय दलालको आरोप लागेका नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा कुटिएका छन् ।सर्लाहीस्थित निर्वाचन क्षेत्र नम्बर ६ मा निर्वाचित सांसद सिंह डुमरिया भन्ने गाउँमा कुटिएका हुन् ।

उनलाई संघीय समाजवादी फोरम नेपालका नेता शिवपुजन यादवले कुटेको स्रोतले बतायो । यादव क्षेत्र नम्बर ६ बाट फोरमका लागि उम्मेदवार थिए । उनले अमरेशसँग चुनावमा प्रतिस्पर्धा गरेका थिए । तर, पराजित हुनपुगे । घटनाको कारण खुल्न सकेको छैन् । तर, स्रोत भन्छ– ‘अमरेश आफू ठूलो हुन खोजेपछि, घमण्ड देखाएपछि आपसी विवादमा शिवपुजनको नेतृत्वमा फोरमका कार्यकर्ताले उनलाई कुटेका हुन् । कुटपीटपछि भागाभाग भयो ।’

अमरेशले ‘आईजीपी, डीआईजी मेरै हुन् । प्रचण्डलाई प्रधानमन्त्री पनि मैले नै बनाएको हो । के गर्नसक्छौं गर’ भन्दै फूर्ति लगाएपछि घटना भएको बताइएको छ ।

भारतका विश्वास पात्र अमरेशले यसअघि कैलालीको टीकापुरमा गएर ‘पहाडीलाई तराईबाट लखेट्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । त्यसको भोलिपल्टै टीकापुरमा एसएसपीसमेत मारिनेगरी अप्रिय घटना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार