राजविराजमा नेमकिपाको कार्यक्रम विथोल्न खोज्ने मोर्चाका ५० बढी कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा

राजविराजमा नेमकिपाको कार्यक्रम विथोल्न खोज्ने मोर्चाका ५० बढी कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ माघ २०७३
  • 10.8K
    Shares

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें -

राजविराज, २८, माघ २०७३ l  सप्तरीको राजविराजमा आज र भोलि हुने भनिएको नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुनुअघि मधेसी मोर्चाका स्थानीय कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

नेमकिपा संघीयता र मधेस विरोधी भएको भन्दै मोर्चा कार्यक्रकर्ताले शिव मन्दिरमा हुन लागेको सम्मेलनको उद्घाटन विथोल्न खोजेका थिए । लगत्तै प्रहरी र मोर्चा कार्यक्रर्ताबीच करिब एक घण्टा झडप भएको थियो । झडपको क्रममा मोर्चाका ५० बढी कार्यक्रकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्मेलनको नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । झडपलगत्तै बिछुक्ने आउने कार्यक्रम स्थगित भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा नेमकिपा नेता सुनिल प्रजापतिसहितका नेताहरु आइपुगेका छन् ।

प्रहरी घेरामा उद्घाटन सत्र सुरु भएको छ । सम्मेलनस्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार