प्रिन्सिपल घर्तीलाई कालोमोसो र जुत्ताको माला

प्रिन्सिपल घर्तीलाई कालोमोसो र जुत्ताको माला


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ माघ २०७३
  • 16K
    Shares

नेकपा (माओवादी)का निकट अखिल क्रान्तिकारीले Mid West Academy दाङका प्रिन्सिपल वीर बहादुर घर्तीलाई कालोमोसो र जुत्ताको माला लगाएर जनकारबाही गरेको छ । प्रीन्सिपल घर्तीले छात्राहरुमाथी पटक-पटक शारीरिक दुर्व्यवहार गरेकोले उक्त कारबाही गर्नु परेको अखिल क्रान्तीकारी राप्ति क्षेत्रिय समन्वय समिति छात्रा बिभागले बताएको छ ।
यस बिषयमा अखिल (क्रान्तिकारी) राप्ती व्यूरोका सयोजक नरेन्द्र बि क.ले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो गौबरशाली सङ्गठन अखिल क्रान्तीकारी शिक्षा क्षेत्रमा रहेका तमाम खाले बिकृती बिसङ्गतीका बिरुद्ध तुफाने बेगमा आन्दोलन र संघर्षको सङ्खघोष गर्दै आइरहेको छ। यसै शिल शिलामा धनवरी-७ दाङ को mid west point academy मा कक्षा १० मा अध्यनरत छात्रालाई principal नामको नरपिचास यौनपिपाशु “वीर बहादुर घर्ती” ले पटकपटक बलात्कारको प्रयास गर्नुका साथै पीडित छात्रालाइ ज्यान मार्ने धम्की, जीवन बर्बाद पार्दिने , सबै तिर बदनाम गर्दिने , पढ्न नआउन लगाएतका गाली गलौज अपशब्द बोल्ने गरेको र विविध प्रकारको मानसिक यातना दिने गरेको हुदा निज ब्यभिचारी वीर बहादुर लाई हाम्रो सङ्गठन अखिल क्रान्तिकारी राप्ती क्षेत्रीय समन्वय समिती छात्रा बिभागले कालो मोसो र जुत्ताको मालालगाइ सयौ विद्यार्थीको माझमा कुकुर बाध्ने साङ्लोले स्कुलको पिलरमा बाधेको छ।
शिक्षाको खोल ओडेका दुष्ट दानव यौनपिपाशु निज वीर बहादुर घर्ती लाई कडा भन्दा कडा सजायको साथै पिडित छात्रा लाई पठनपाठन को सहज वातावरण निर्माण को लागि सबन्धित पक्ष सङ्ग जोडदार माग गर्दछौ । अन्यथा हामी थप संघर्ष चर्काउन बाध्य हुने छौ । बेलैमा चेतना भया: क्रान्तिकारी आवाज र आन्दोलन कुनै पनि षड्यन्त्रले कम्जोर हुने छैन। चाहे जेल नेल र यातनका नाटक नै किन मन्चन नहोश ।”

प्रतिक्रिया