नेकपा (माअाेवादी)निकट संयुक्त उद्याेग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीलाई अपरिचित ब्यक्तिले ज्यान मार्ने धम्की दिएकाे छ । शनिबार राति ८ः३० मा नेपाल टेलिकमकाे ९८६०९२६६८२ नम्बरबाट फाेन गरेर साे धम्की अाएकाे पराजुलीले अनलाइन डबलीलाई बताए ।
‘म काेठमा बसिरहेकाे थिएँ, नेपाल टेलिकमकाे ९८६०९२६६८२ नम्बरबाट फाेन अायो उठाउँदा गाेलीले उडाइ दिन्छु भन्यो’ पराजुलीले भने । फोन गर्ने व्यक्तिले एकहाेराे अश्लिल शब्द प्रयोग गरेर के गर्न सक्छस् गर भन्दै गाली समेत दिएकाे पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार फाेन गर्ने व्यक्तिले संगीत माला दोहोरी साँझ बालाजुबाट फाेन गरेकाे बताएका थिए ।