नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरिएको बच्चा भेटियो

नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरिएको बच्चा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ माघ २०७३
  • 17.5K
    Shares

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशु तीन दिनपछि भेटिएको छ । वीरगन्ज उपमहानगरपालिका-१ छपकैयाकी आशादेवी र मुकेश पासवानको बच्चा अस्पतालको शय्याबाटै गत शुक्रबार चोरी भएको थियो ।

उक्त बच्चा पर्साको बेल्वा-९ की लालसादेवी साहको साथबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि लालसादेवीलाई पक्राउ गरेको छ । बच्चालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गराइरहेको प्रहरी उपरीक्षक गोविन्द शाहले जानकारी दिए ।

प्रहरी उपरीक्षक शाह नेतृत्वको टोलीले नै शिशुको उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार