बिद्यार्थीहरुमाथि लगाईएकाे सिन्डिकेट अन्त्य गर्न क्रान्तिकारी बिद्यार्थीकाे माग

बिद्यार्थीहरुमाथि लगाईएकाे सिन्डिकेट अन्त्य गर्न क्रान्तिकारी बिद्यार्थीकाे माग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ माघ २०७३
  • 13K
    Shares

नेत्रबिक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा (माओबादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) ले अाज गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पस प्रशासनलाई २६ बुदे मागपत्र पेश गरेकाे छ ।अखिल(क्रान्तिकारी) जिल्ला उपाध्यक्ष समेत रहेका क्याम्पस मुल ईकाई अध्यक्ष माधव पाण्डेकाे नेतृत्वमा गएको बिद्यार्थीहरुको एक टोलीले क्याम्पस प्रमुख हरि बहादुर खत्रीलाई २६ बुदे मागपत्र पेश गरेकाे हो l

अखिल (क्रान्तिकारी) ले पेश गरेको उक्त माग पत्रमा गरिब ,जनजाति , उत्पिडित , दलित , अनुशाषित , लगनशील , जेहेन्दार , सक्षम , बिद्यार्थीहरु माथि क्याम्पस प्रशासनले हरेक क्रियाकलापमा वन्चित गर्दै केही ठेकदारहरु मार्फत तुन्द्रे मुद्रे डन भन्नेहरुलाई एकलौटी ढङ्गले छात्रवृत्ति , पुरस्कार वितरण र शुल्क वृद्धि गरि सिन्डिकेट खडा गरेकोमा यसलाई तुरुन्तै राेक्नु पर्ने माग गरिएको छ । साथै उक्त मागपत्रमा नयाँ शुल्क वृद्धि राेक्दै विगतमा लिदै अाएकाे शुल्क मा २०% कटौटी गरिनु पर्ने, पार्टटाईमकाे रुपमा हेलमेट भिरेर अाउने टिचरकाे अन्त्य गर्नु पर्ने , २०७३ पुस ५ गते क्याम्पस प्रशासनले एकलौटी ढङ्गबाट बढाएको शुल्क वृद्धि तुरुन्तै राेक्नु पर्ने , कक्षा विभाजन वैज्ञानिक ढङ्गबाट हुनुपर्ने , बिद्यार्थीहरुकाे स्वस्थ्यलाई मध्य नजर गर्दै क्यान्टिनकाे गुणस्तरीयता बढाउदै खाजा र शुद्ध पिउने पानीको व्यवस्था गर्नु पर्ने माग समाबेश गरिएको छ । त्यस्तै उच्च शिक्षा हासिल जिल्ला भन्दा बाहिर जानू पर्ने बाध्यतालाई अन्त्य गर्न वि.वि.ए. , वि.एड. , एम.बि.एस. , विज्ञान लगायत विषयहरु थप गर्नु पर्ने , पुस्तकालयमा प्रयाप्त मात्रामा पुस्तकहरु राखिनु पर्ने , विगत २ बर्ष देखि बन्द हुदै अाएकाे ई-लाईब्रेरि सेवाकाे छानबिन गरि पारदर्शी ढङ्गबाट तुरुन्तै संचालन गरिनुपर्ने , बिद्यार्थी खेल मैत्री वातावरण निर्माण गरिनुपर्ने , क्याम्पसकाे अायव्याय प्रत्येक बर्ष सार्वजनिक गर्दै अार्थिक अनियमित राेक्न ठाेस कार्ययोजना सार्वजनिक गरिनुपर्ने , छात्रा र अपांग मैत्रि शाैचालय निर्माण गर्दै नियमित कक्षाकाेठा , क्याम्पस प्राङ्गगण , शाैचालय सरसफाइ हुनुपर्ने माग अखिल (क्रान्तिकारी) ले गरेको छ l

गरिब जेहेन्दार बिद्यार्थीहरुका निम्ति लड्ने र शैक्षिक अधिकार प्राप्ति गर्ने संगठन भएको स्मरण गराउदै विगतको साहासिक विजय र बलिदानबाट व्यवहारिक , जनवादी शिक्षा प्राप्तिका निम्ति जस्तो सुकै मूल्य चुकाउन पनि पछि नपर्ने कुरा उल्लेख गर्दै उक्त मागपत्रमा ” हाम्रा मागहरु वेवास्ता गरिए क्याम्पस प्रशासन समक्ष र हाम्रो शैक्षिक अधिकारकाे निम्ति जस्तो सुकै संघर्षमा हाेमिन बाध्य हुने कुराकाे पनि जानकारी गराउन चाहान्छाैं ” भनिएको छ ।

उक्त मागपत्र बुझ्दै क्याम्पस प्रमुख हरि बहादुर खत्रीले अाफुले सक्दाे यी मागहरु समेट्न पहल गर्ने बताएका छन् । हाम्रो विगतमा भएका केही कमि कमिजाेरिहरुलाई सबैकाे सहकार्यमा सच्याउन अाफु तयार रहेको बताएका छन् ।

प्रतिक्रिया