तस्करहरुद्वारा कन्चनपुरका पत्रकार पुष्कर भट्टमाथि साँघात्मिक हमला

तस्करहरुद्वारा कन्चनपुरका पत्रकार पुष्कर भट्टमाथि साँघात्मिक हमला


  • जन संचार
  • मंगलबार, १४ असार २०७९
  • 3.1K
    Shares

पुष्कर भट्ट, pushkar bhatta

कञ्चनपुरका पत्रकार पुष्कर भट्टमाथि तस्कर समुहले साँघात्मिक हमला गरेका छन्। सोमबार भारतबाट समान ल्याइरहेको एक तस्करको समुहले पत्रकार भट्टमाथि साँघात्मिक हमला गरेका हो।

सीमा क्षेत्रमा भारतबाट समान ल्याइरहेको अवस्थामा फोटो किन? खिचेको भन्दै तस्कर समुहले पत्रकार भट्टमाथि कुटपिट गरेको पत्रकार डिल्लीराज पन्तले बताए। पत्रकार भट्टमाथि सशस्त्र प्रहरी बलको बिओपी नजिकै तस्कर समुहले आफ्नो समानको फोटो खिचेको निहुँमा कुटपिट गरेको उनले बताए।

पत्रकारले फोटो खिचेकै भरमा कुटपिट गर्नेकार्य निन्दनिय भएको भन्दै कानुन उपचारको माग अघि सारिएको छ।

प्रतिक्रिया