भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या

भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ मंसिर २०७८
  • 11.3K
    Shares

भारतको राजधानी दिल्लीमा घरेलु कामदार को रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ । घरेलु कामदारको रुपमा कार्यरत  नेपाली भाषी मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङको भारतको राजधानी दिल्लीमा हत्या भएको हो।

दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनस्थित उनीहरुले काम गर्ने घरमा हत्या गरिएको अवस्थामा शब फेला प्रहरीको प्रहरीले जानकारी दिएको छ। उनीहरुको शब मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका अवस्थामा फेला परेको प्राप्त समाचारमा जनाइएको छ।

भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार, उनीहरुको हत्या कसले किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन।  तर उनीहरुको हत्या गरिएओ भनिएको घर अगाडी नकाबधारी पाँच जना देखिएको ४५ सेकेन्ड लामो सिसिटिभी  फुटेज प्रहरीले फेला पारेको छ।  हत्या गरिएकी मिना राईको मोबाइल गायब छ भने प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ ।

एम्स अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया