धुर्मुस–सुन्तलीले निर्माण थालेकोे मुसहर बस्ती १२ दिनमा १५ प्रतिशत काम सम्पन्न

धुर्मुस–सुन्तलीले निर्माण थालेकोे मुसहर बस्ती १२ दिनमा १५ प्रतिशत काम सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ माघ २०७३
  • 12.2K
    Shares

महोत्तरी, ८ माघ  ।

महोत्तरीको बर्दिबास नगरपालिका–२ मा धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ ।

तराईको कठ्यांग्रिँदो  जाडोमा छिमेकीहरु आगो ताप्दै गर्दा मुसहरहरु भने आफ्नो घर निर्माणका लागि बिहान ७ बजेदेखि बेलुकासम्म खट्ने गरेका छन् ।

पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा गंगा सागर पोखरी जनकपुरका सरसफाई अभियन्ता रामआशिष यादवले संयुक्त रुपमा शिलान्यास बस्तीको निर्माणमा झन्डै तीन सय जना दैनिक खटिने गर्छन्  ।

‘अहिलेसम्म बस्तीमा निर्माण हुने ५० वटा घर मध्ये ४० घरको जग खनिसकिएको छ । ३२ घरको जग उठाउने काम पनि भएको छ ’ धर्मुस सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार