अमेरिकामा आइडा नामक सामु’द्रिक आँ’धीको प्र’भावले भएको भी’षण व’र्षापछि आएको बा’ढीका कारण एकै परि’वारका तीन जना नेपालीसहित कम्तीमा ४३ जनाको मृ’त्यु भएको छ।
युनाइटेड शेर्पा एसो’सिएसन अमेरिकाले फेस’बुकमार्फत् दिएको जान’कारीअनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा, उनकी श्री’मती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बिहीबार बा’ढीमा परी मृ’त्यु भएको हो। उनीहरू अमेरिकाको न्युयोर्कमा बस्ने गर्थे।
तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँ’धी प्र’वेश गरेको थियो। उक्त आँ”धीका कारण लुजियानामा ठूलो भौ’तिक र मानवी’य क्ष’ति भएको थियो।
न्युयोर्क टाइम्सका अनुसार कम’जोर भइसकेको ठा’निएको त्यही आँ’धीको प्र’भावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचा’नक भी’षण व’र्षा भएको थियो।
अचा’नक भएको व’र्षाले घरका भु’इँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए। ज्या’न गु’माउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन्। बा’ढीमा केही कारहरू बगेका छन्।
व’र्षासँगै आएको च’क्रवातले केही घरका छाना पनि भत्का’इदिएको छ। बा’ढीपछि न्युयोर्क सहरमा सबवे ब’न्द गरिएको छ। दर्जनौं उडान स्थ’गित भएका छन्। बि’जुली अव’रूद्ध भएपछि ती राज्यहरूमा जनजीवन अ’स्तव्य’स्त भएको छ।
पछिल्लो ९ वर्षमा सामु’द्रिक आँ’धीको प्र’भावले अमेरिकामा यति धेरै मानिस म’रेको पहिलो पटक हो। सन् २०१२ मा स्यान्डी आँ’धीले पनि अमेरिकाको यो क्षे’त्रमा ठू’लो क्ष’ति पुर्याएको थियो।