देशभर थप १९२० जनामा को’रोना पुष्टि, थप २४ जनाको मृ’त्यु

देशभर थप १९२० जनामा को’रोना पुष्टि, थप २४ जनाको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ भाद्र २०७८
  • 4.9K
    Shares

लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना संक्र’मितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा को’रोना संक्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९२० जनामा को’रोना संक्र’मण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १८ जनामा को’रोना संक्र’मण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस संक्र’मितको कुल संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोना’मुक्त भए, २४ को मृ’त्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्र’मणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मणमुक्त हुनेहरुको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५१६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४२ लाख ६३ हजार २४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २४ संक्र’मितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

प्रतिक्रिया