झन्डै डेढ दशकदेखि अमेरिकालाई आफ्नो कर्मथलो बनाएका लमजुङका पत्रकार विष्णुहरि घिमिरेले तनहुँमा रहेको छाब्दी बाराही मन्दिरका लागि आफ्नो जीवनभर वार्षिक पाँच सय अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।
लमजुङ जिल्लाकाे मर्स्याङ्दी गाउँपालिका वडा नं. ६ बाहुनडाँडा स्थायी घर भएका पत्रकार घिमिरेले आफ्नो ४३ औ जन्मदिनको अबसरमा तनहूँकाे ब्यास नगरपालिकामा रहेको छाब्दी बाराही मन्दिरका लागि आफ्नो जीवनभर वार्षिक पाँच सय अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन्।
पत्रकार घिमिरेले मन्दिर ब्यवस्थापन समितिलाई अाफूले प्रदान गर्ने रकम मन्दिरको जिर्णोद्वार, भक्तजनको सुविधा र विकासका लागि अावश्यक पूर्वाधारका साथै गरिव, निमुखा, असाहय बालबालिकाहरूको शिक्षाका लागि खर्च गर्न अनुराेध पनि गरेका छन्।
यस भन्दा अगाडि मन्दिरको प्रवेसद्वारमा ठूलो घण्टा चढाएका पत्रकार घिमिरे छाब्दी बराही माताको भक्त हुन्। २०७२ सालमा दान गरिएको सो घण्ट तत्कालिन समयमा ८० हजार मूल्यको थियो । उनले करीब एक लाख रुपियाँ लागतमा छाब्दी मन्दिर परिषरमा श्रद्धालु भक्तजनहरूको सुविधालाइ मध्यनजर गरी पानीकाे धारा र जुत्ता चप्पल राख्नका लागि घर समेत बनाइ दिएका छन्। उनी हाल श्रीमति यमुना बराल र दुई छोरा सुमित र सुजित घिमिरेका साथ अमेरिकामा बस्दै आएका छन्।
नेपालमा रहदा खेलकुद पत्रकारको पहिचान बनाएका घिमिरेसंग हिमालयन टाईम्स दैनिक, नेपाल वान टेलिभिजन र कान्तिपुर टेलिभिजनमा काम गरेको अनुभव छ। पत्रकार घिमिरेले अहिले अमेरिकामा “समाज टाईम्स” नामक अनलाईन पत्रिका संचालनको तयारीमा छन् । नेपालमा रहँदा विशेष गरी खेलकुद पत्रकारकाे परिचय बनाउनु भएकाे थियाे । अमेरिकामा अहिले पनि पत्रकारितामै सक्रिय छन्।