पर्वतको होम आइशोलेशनमा एक र पोखराका अस्पतालहरुमा पाँच जनाको उपचारका क्रममा मृ’त्यु

पर्वतको होम आइशोलेशनमा एक र पोखराका अस्पतालहरुमा पाँच जनाको उपचारका क्रममा मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ बैशाख २०७८
  • 10.1K
    Shares

कोरोनाले मृत्यु

पोखराका अस्पतालमा उपचाररत पांच जना को’रोना संक्र’मितको मृ’त्यु भएको छ।  मृ’त्यु भएकामध्ये तीन जनाको मणिपाल शिक्षण अस्पतालमा र दुई जनाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा तथा पर्वत जिल्लामा एक जनाको होम आइशोलेशनमा मृ’त्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार, पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत म्याग्दी, दाङ, कास्की र तनहुँका को’रोना संक्र’मितको मृ’त्यु भएको हो भने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत रुपन्देही र पर्वतका को’रोना संक्र’मितको मृ’त्यु भएको हो।

प्राप्त विवरण अनुसार, म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय बृद्ध, दाङको लमही ५ का ४४ वर्षीया महिला, कास्कीको पोखरा २५ का ६८ वर्षीय पुरुष र तनहुँ व्यास १ घर भएका ६० वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारकै क्रममा मृ’त्यु भएको हो। त्यस्तै रुपन्देही उपमहानगरपालिका बुटवलका ३२ वर्षका युवा तथा पर्वत कुश्मा ९ का ५३ बर्षीय पुरुषको को’रोना सं’क्रमणको उपचार हुँदै गर्दा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृ’त्यु भएको छ।

प्राप्त अघिल्लो जानकारीमा पर्वतमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृ’त्यु भएको छ । पर्वत जलजला ३ का ६८ वर्षीय पुरुषको मृ’त्यु भएको हो ।उनलाई आज नै को’रोना पु’ष्टि भएको थियो।   योसँगै गण्डकीमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या दुई सय ४८ पुगेको छ ।

 

 

प्रतिक्रिया