“तालिवानमुक्त देश” बनाउन अफगानिस्त छिरेको अमेरिकी सेनाद्वारा उद्देश्य पुरा नहुदै आगामी सेप्टेम्बर ११ मा अफगानिस्तान छाड्ने घोषणा

“तालिवानमुक्त देश” बनाउन अफगानिस्त छिरेको अमेरिकी सेनाद्वारा उद्देश्य पुरा नहुदै आगामी सेप्टेम्बर ११ मा अफगानिस्तान छाड्ने घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ बैशाख २०७८
  • 7.5K
    Shares

janasanchar ,अमेरिकन सैनिक अफगानिस्तानमा , american army

तालिवानमुक्त अफगानिस्तान बनाउने उद्देश्यका साथ परिचालित अमेरिकी सैनिक तथा दक्षिण एटलान्टिक सैनिक संगठन (NATO)संग आबद्ध १० हजार सैनिकले आफ्नो उद्देस्य पुरा नहुँदै आगामी सेप्टेम्बर ११ मा अफगानिस्तान छाड्ने भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको जुम्ल्याहा टावर (twin tower)लाई अलकायदाले आक्रमण पारेर ध्वस्त पारेको २० वर्ष पुगेको दिन अमेरिका र उसको गठबन्धन सैनिकले आगामी  सेप्टेम्बर ११ मा अफगानिस्तान छाड्ने भएका हुन्।  ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले ट्विन टावरमा आक्रमण भएको बीस वर्ष पुग्ने दिनअघि नै अफगानिस्तानबाट सैनिक फिर्ता हुने घोषणा गरे।

अमेरिका र उसको गठबन्धन सैनिकले अफगानिस्तान छाड्ने घोषणा गरिरहँदा अफगानिस्तानमा अझै पनि तालिवानहरु आफ्नो राज्यसत्ता स्थापना गर्नका लागि राज्यका बिरुद्ध लडिरहेका छन्।

एकातिर अमेरिका र उसको गठबन्धनले अफगानिस्तान छाड्ने घोषणाले तालिवानले आफ्नो बिजयको रुपमा व्याख्या गर्न सक्ने बताइएको छ भने अर्कातिर  आगामी ११ सेप्टेम्बर पछि अफगानिस्तानमा तालिवान र सरकार बिचको लडाईले कुन रुप लिने हो भनेर सर्वत्र चिन्ता गर्न शुरु गरिएको छ।

यसैबीच अमेरिकी रास्ट्रपति जो वाईडेनले आफ्ना अफगानी समकक्षी असरफ घानीसंग सैनिक फिर्ताबारे कुरा गरेका छन् । बुधबार दुई राष्ट्रपतिबीच कुरा भएको र आफूले अमेरिकाको निर्णयको सम्मान गर्ने राष्ट्रपति घानीले जानकारी दिएका छन्।

यसैबीच बाइडेनको घोषणापछि विज्ञप्ति जारी गर्दै नाटो सदस्य राष्ट्रले व्यवस्थित तरिकाले सैनिकहरू फिर्ता गर्ने जनाएका छन्। अमेरिका र उसको गठबन्धनले आगामी सेप्टेम्बर ११ मा अफगानिस्तान छाड्ने घोषणा भैरहंदा अफगानिस्तानमा रहेका गठबन्धन सैनिकहरुले  आउने मे १ बाट अफगानिस्तान छाड्न शुरु गर्नेछन ।

अमेरिकी फौज कुनै मुलुकमा झन्डै २० वर्ष लडेको यो पहिलो घटना हो। अफगानिस्तानमा तालिवानविरूद्ध अमेरिकाले युद्ध सुरू गरेपछि अमेरिकामा चार जना राष्ट्रपति भएका छन्।

 

 

प्रतिक्रिया