भारतीय माओवादीको आक्रमणमा परेर २२ जना सरकारी फौजको मृत्यु

भारतीय माओवादीको आक्रमणमा परेर २२ जना सरकारी फौजको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ चैत्र २०७७
  • 16.3K
    Shares

janasanchar , भारतको छात्तिसगढ़मा माओवादी आक्रमण , मोइस्त attack

भारतमा विद्रोही भारतीय कम्युनिट पार्टी माओवादीका कार्यकर्ताको आक्रमणमा परेर शनिबार २२ जना सरकारी फौजको मृत्यु भएको छ।

भारतको छत्तीसगढस्थित बीजापुरमा भारतीय माओवादीका कार्यकर्ताले आक्रमण गर्दा मारिएका २० जना सरकारी फौजको घटनास्थलबाट बरामद गरिएको नक्सल अपरेशनका डीजी अशोक जुनेजाले जानकारी दिए।  माओवादीहरूले आफ्ना हताहत र घाइते भएका साथीहरूलाई तीनवटा ट्याक्टरमा राखेर लगेको डीजी अशोक जुनेजाले दाबी गरे।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले करिब चार घण्टासम्म माओवादी र सरकारी सुरक्षाबलबीच भिडन्त भएको जानकारी दिए। उनका अनुसार एक जवान अहिले पनि हराइरहेका छन्।

बीबीसी हिन्दीका अनुसार भिडन्त भएको स्थानबाट एक किलोमिटर वरपरसम्म सरकारी जवानको शव यत्रतत्र छरिएको थियो। विद्रोहीसँग मुठभेड हुँदा मारिएका जवानहरूको शव लिन भारत सरकारले स्पेशल टास्क फोर्स नै परिचालन गरेको छ। विद्रोहीहरूले गरेको पछिल्लो हमलालाई छत्तीसगढमा केही वर्षयता भएको सबैभन्दा घातक मानिएको छ।

 

प्रतिक्रिया