बलिउड अभिनेता अजय देवगणलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । भाइरल भिडियो अनुसार अजयको दिल्लीको एक पवको बाहिर भएको झगडामा मानिसहरुले उनलाई कुटेका थिए । तर उनले भने सामाजिक संजालमा उक्त् भिडियो शेयर गरी झुटो भन्दै स्पष्टिकरण दिएका छन् ।
बलिउड अभिनेता अजयले कुटाई खाएको भिडियो भाइरल
अजयले आफू जस्तै देखिने मानिस समस्यामा परेको बताएका छन्। उनलाई यो भिडियोलाई लिएर थुप्रै फोन आइरहेको जनाएका छन् ।अजयले आफूले दिल्लीको यात्रा नगरेको स्पष्ट पारेका छन्। आफ्नो बारेमा चलिरहेको कुनै पनि विवादमा आफू समावेश नभएको भन्दै उनले ह्याप्पी होली भनेका छन् ।