लिबियामा प्रभावशाली सैन्य कमाण्डर वारफल्लीको गोली हानी हत्या

लिबियामा प्रभावशाली सैन्य कमाण्डर वारफल्लीको गोली हानी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०७७
  • 8K
    Shares

janasanchar ,महमुद अल वारफल्ली

युद्धग्रस्त मुलुक लिबियाको सरकारी सेनाका सैन्य कमाण्डर खालिफा हफ्तरप्रति अति बफादार मानिएका एक जना सैन्य कमाण्डरको गोली हानी हत्या गरिएको छ ।

लिबियाको बेन्गाजी शहरको पूर्वी भागमा गाडीमा सवार सैन्य कमाण्डर महमुद अल वारफल्लीमाथि अज्ञात समुहले गोली प्रहार गरेको थियो । वारफल्लीले लिबियामा एक प्रभावशाली कमाण्डरको छवी बनाएका थिए।  घटनामा वारफल्लीका भतिज पनि मारिएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

वारफल्लीबिरुद्ध हेगस्थित अन्तरराष्ट्रिय अदालतमा  युद्ध अपराधको मुद्दा चलिरहेको छ।  उनी पश्चिमा मानव अधिकारवादी संस्था एवं निदरल्याण्ड्सको द हेगस्थित अन्तराष्ट्रिय अदालतबाट युद्ध अपराधमा खोजिएका संदिग्ध हुन् ।

लिबियामा सन् २०१५ मा भएको संसदीय चुनाव पछी कमाण्डर चुनिएका हाफ्तरको संरक्षणमा रहेका वारफल्ली माथि ४० भन्दा बढी निहत्था बन्दीहरुको साुमहकि हत्या गरेको अभियोग छ ।

प्रतिक्रिया