बीबीसीका म्यानमारस्थित समाचारदाता अउङ थुरा बेपत्ता

बीबीसीका म्यानमारस्थित समाचारदाता अउङ थुरा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ चैत्र २०७७
  • 6.2K
    Shares

janasanchar ,बीबीसीका म्यानमारस्थित समाचारदाता अउङ थुरा बेपत्ता,aung thura

म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ। अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ। ‘म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्’ बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ।

म्यानमारको राजधानीबाट दिउसो नै उनी बेपत्ता भएको र उनको खोजीका लागि बीबीसीले सबै प्रयास गरिरहेको पनि जनाइएको छ। उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ। बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका छन्।

उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ। म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया