नेपाल तरुणको बाँके बन्द, जनजीवन आंशिक प्रभावित

नेपाल तरुणको बाँके बन्द, जनजीवन आंशिक प्रभावित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ पुष २०७३
  • 7.6K
    Shares

बाँके, २४ पुस  ।

नेपाल तरुण दल बाँकेको बन्दका कारण जिल्लाको जनजीवन आंशिक प्रभावित भएको छ ।

युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीलार्इ खुकुरी प्रहार गरेको घटनाको आरोपमा अनुसन्धानका लागि प्रहरीले आफ्ना नेता पक्राउ गरेको बिरोधमा बन्द आव्हान गरिएको तरुण दल बाँकेका उपाध्यक्ष मनिष रेग्मीले बताए ।

तरुण दल बाँके क्षेत्र नम्बर एकका सभापति दिग्बिजय राणालार्इ पक्राउ गरेको बिरोधमा तरुण दलले बन्द आव्हान गरेको जनाएको छ ।

राणा निर्दोष रहेको र प्रहरीले अनाहकमा फसाएको तरुण दलको दाबी छ । पुस १४गते कोहलपुरमा खुकुरी प्रहार भएका सन्तोषको हाल भारतको लखनउमा उपचार भइरहेको छ ।

सन्तोषलाइ खुकुरी हान्ने लक्ष्मण मल्ल सहित १२ जना पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया