भारतमा किसान आन्दोलनको प्रभाव : पन्जाबमा सत्तारुढ भाजपाको शर्मनाक हार

भारतमा किसान आन्दोलनको प्रभाव : पन्जाबमा सत्तारुढ भाजपाको शर्मनाक हार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 6.4K
    Shares

पन्जाबमा भएको किसान आन्दोलन

पञ्जाबमा भएको नगर निगम, नगर परिषद् र नगर पञ्चायत चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को शर्मनाक हार भएको छ। किसान आन्दोलनमा अलोकप्रियता कमाएको भाजपासँग क्षेत्रीय अकाली दलसमेत यो चुनावमा अलग भएको छ। विपक्षी कांग्रेसले एकतर्फी जीत हात पारेको हो।

८ मध्ये ७ नगर निगमका सबै सीट कांग्रेसले जितेको छ। एकसय ९० नगर परिषदमध्ये एकसय चार वटाको नतिजा आएको छ, जहाँ कांग्रेस एक्लैले ९८ सिट जितिसकेको छ। अन्य विपक्षी दलहरुले जम्मा ६ सिट हात पारेका छन्।

यसअघि भाजपासँग गठबन्धन गरेर चुनाव लड्ने गरेको अकाली दलले पनि प्रतिकूल नतिजा भोग्नुपरेको छ।

पञ्जाब भारतमा जारी किसान आन्दोलनको केन्द्र हो। सरकारले कृषिमा मुनाफाखोर निजी क्षेत्रलाई हर्ताकर्ता बनाउने गरी ल्याएको तीनवटा कृषि कानुनविरुद्ध पञ्जाब लगायत भारतभरका किसान यतिखेर आन्दोलित छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले किसान आन्दोलन तुहाउन अनेक हत्कण्डा अपनाइरहेको छ।

प्रतिक्रिया