भारतको पश्चिम बंगाल राज्यका श्रममन्त्री जाकिर हुसेनसहित तीनजना बम आक्रमणमा घाइते

भारतको पश्चिम बंगाल राज्यका श्रममन्त्री जाकिर हुसेनसहित तीनजना बम आक्रमणमा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 7.8K
    Shares

पश्चिम बंगाल राज्यका श्रममन्त्री जाकिर हुसेनबम आक्रमणमा घाइते

भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेन बुधबार राती बम हमलामा घाइते भएका छन्।

प्रहरीका अनुसार कलकत्ता जानका लागि निम्तिता रेलवे स्टेशनमा पुगेका हुसेनमाथि राति १० बजेतिर बम हमला भएको हो। बम बिस्फोट हुँदा उनको खुट्टामा चोट लागेको छ। उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ। आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।

जाकिर हुसेन
जाकिर हुसेन

भारतीय सञ्चारमाध्यमहरूका अनुसार राज्यका श्रममन्त्री जाकिर हुसेनलाई लक्षित गरी बुधबार राति मुर्सिदावादको रेलवे स्टेशनमा बम आक्रमण भएको थियो। सामाजिक सञ्जालहरूमा आएका बम आक्रमणका भिडिओमा हुसेन रेलवे स्टेशनको प्लेटफर्म नम्बर २ मा समर्थकहरूसँग हिँडिरहेका बेला ठूलो बिस्फोट भएको थियो।

मन्त्री हुसेनमाथि भएको आक्रमणको तृणमूल कांग्रेसले भत्सर्ना गरेको छ। मुर्सिदावादका तृणमूल अध्यक्ष अबु ताहेरले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरीलाई अनुरोध गरिएको बताए। कंग्रेस आई र भारतीय जनता पार्टीले पनि आक्रमणको निन्दा गर्दै पश्चिम बंगालमा शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन्।

पश्चिम बंगालमा एमएलएमाथि आक्रमण हुने घटना यसअघि पनि हुने गरेका थिए। राज्यका मन्त्रीमाथि नै आक्रमण भएको पछिल्लो समयको यो पहिलो घटना हो। पश्चिम बंगालमा अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ।

प्रतिक्रिया