घाँस काट्ने क्रममा खोल्सामा लडेर एक वृद्धाको मृत्यु

घाँस काट्ने क्रममा खोल्सामा लडेर एक वृद्धाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ माघ २०७७
  • 3.9K
    Shares

स्याङ्जामा घाँस काट्ने क्रममा खोल्सामा लडेर एक वृद्धाको मृत्यु भएको छ । शनिबार स्याङ्जा हरिनास गाँउपालिका वडा नं ५ वसन्तडाँडा बस्ने ६४ वर्षीय सेती कमिनी खोल्सामा मृत भेटिएकी हुन् ।

वृद्धा शनिवार पौने ६ बजे खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले दिएको जानकारी अनुसार दिउसो ४ बजे घाँस काट्न भनी घरबाट निस्किएर नफर्किए पछि मृतकका आफन्तले खोजतलास गरेका थिए । बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रेग्मीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार