पोखरा – पोखरा १३ आर्वा अमलचौर स्थित सडक छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । गण्डकी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार बर्ष ५५ को दधिराम परियार मृत अवस्थामा फेला परेको हो । प्रहरीले यस घटनाको विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।
यसै गरी स्याङ्जा र पर्वतमा छुट्टा छुट्टै स्थानमा दुई जनाले झुन्डी आत्महत्या गरेका छन । स्याङजा वालिङ नपा -९ माझिगाँउ बस्ने बर्ष ३० कि लक्ष्मि एस के आफ्नै घरको काठको बलोमा चुन्नीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला परेकी हुन ।
यस्तै म्याग्दी रघुगंगा गापा ३ मौवाफाट बस्ने बर्ष १८ कि मिनमाया बिकले पनि घर देखि नजिकै रहेको खनायोको रूखमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको जनाएको छ।