भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट : गृहमन्त्री शाहको दुई दिने बंगाल भ्रमण रद्द

भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट : गृहमन्त्री शाहको दुई दिने बंगाल भ्रमण रद्द


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ माघ २०७७
  • 4.5K
    Shares

भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट हुँदा मानबीय क्षति नभए पनि केही कारमा क्षति भएपछी भारतभर सुरक्षा सतर्कता अपनाइएको छभने सुरक्षाको कारण गृहमन्त्री अमित शाहले बंगालको दुई दिने भ्रमण रद्द गरेका छन् ।

भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ ।

बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतसँग मिलेर भइरहेको जानकारी दिएका छन् ।

यसैगरी दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने बताएका छन् । उनले बम विष्फोटबाट भौतिक क्षति नभएको जानकारी दिएका छन् ।

सन् २०१२ को फेब्रुअरीमा दिल्लीमा इजरायली कूटनीतिज्ञले प्रयोग गर्ने कारमा बम आक्रमण भएको थियो । सो आक्रमणको दोष इजरायलले इरानमाथि लगाएको थियो ।

प्रतिक्रिया