पोखराको राष्ट्रिय माविमा समाजवादी बिद्यार्थी युनियन गठन

पोखराको राष्ट्रिय माविमा समाजवादी बिद्यार्थी युनियन गठन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०७७
  • 8.1K
    Shares

पोखराको राष्ट्रिय माविमा समाजवादी बिद्यार्थी युनियन गठन

पाेखराकाे टुँडिखेलमा रहेकाे राष्ट्रिय माध्यमिक बिद्यालयमा डा. बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी समर्थित समाजवादी बिद्यार्थी युनियन गठन भएको छ।

त्यस बिद्यालयमा मंगलबार भएको बिद्यार्थीहरुको भेलाले अपार अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय मुल इकाई कमिटी गठन गरेकाे हो। समितिको बरिष्ठ उपाध्यक्षमा लाेक बहादुर पुन , उपाध्यक्षमा सरिता पाैडेल , सचिवमा बिमल क्षेत्री, सहसचिवमा सुर्य लम्साल र काेषाध्यक्षमा राेजित श्रेष्ठ रहेका छन्।

सोही अवसरमा नवनिर्वाचित कमिटीले शैक्षिक क्षेत्रमा भएको बिकृती र बिसंगती बिरूद्ध अावाज उठाउँदै बिद्यार्थीकाे हक र अधिकारकाे निम्ति अाँफुहरू प्रतिबद्ध भएर लाग्ने उद्घाेष गरेका थिए ।

उक्त भेलालाई समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य विशाल तिमिल्सिना , कास्कीकि नेतृ अास्था नेपाली , पृथ्वीनारायण क्याम्पस अध्यक्ष प्रभाष भट्टराई लगाएतका नेताहरूले सम्बाेधन गरेका थिए।


प्रतिक्रिया
सम्बन्धित समाचार