चिनियाँ राष्ट्रपति सीले दिए ‘नयाँ शीतयुद्ध’को चेतावनी

चिनियाँ राष्ट्रपति सीले दिए ‘नयाँ शीतयुद्ध’को चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०७७
  • 9.2K
    Shares

चिनियाँ राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी दिएका छन् । सोमबार डाभोस फोरमको भर्चुअल सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोगी मुलुकहरुसँग मिलेर चीनको प्रभाप रोक्न अघि सारेको योजनातर्फ संकेत गर्दै।बैठकमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्, ‘साना साना समुहहरु बनाउनु वा नयाँ शीतयुद्ध सुरु गर्नु, अर्कोलाई अस्वीकार गर्नु, अरुलाई धम्क्याउनु वा डर त्रास देखाउनेजस्ता कार्यले विश्वलाई केवल विभाजनतर्फ लैजान्छ ।’

उक्त सम्मेलनमा बाइडन भने सहभागी थिएनन् । व्यस्तताको कारण बाइडनको सट्टा अमेरिकी प्रतिनिधिको रुपमा जलवायुदूत जोन केरीले सहभागिता जनाएका थिए ।

डाभोस फोरममा करिब २५ मिनेट बोलेका चिनफिङले विश्वको अर्थतन्त्रलाई खुला बनाउनुपर्ने बताए । त्यसका लागि भेदभाव र बहिष्कारपूर्ण मापदण्ड, नियम र प्रणाली हटाइनुपर्ने बताए । साथै व्यापार, लगानी र प्रविधिको आदानप्रदानबारे रहेका अवरोधहरु हटाइनुपर्ने बताए ।

उनले विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् ।

डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाको चीनसँग व्यापार, प्रविधिदेखि हङकङ, ताइवान, सिन्चियाङ र कोरोनाबाट विवाद देखिएको थियो ।

प्रतिक्रिया