जम्मु कश्मीरमा सोमबार साँझ ७ बजेर १५ मिनेटमा भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परेर एक पाइलटको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् । हेलिकप्टर दुर्घटना परेलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिएपनि एक जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।
नियमित गस्तीमा निस्किएको सो हेलिकप्टरमा अचानक गडबडी भएपछी सैनिक क्षेत्रमा अवतरण गर्ने क्रममा बिजुलीको हाई ट्रांस्मिशन लाइनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको समाचार स्रोतले जनाएको छ। सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएपछी त्यस क्षेत्रलाई सेनाले आफ्नो कब्जामा लिएको छ र सर्वासाधारणलाई त्यस क्षेत्रम प्रवेश गर्न लगाएको छ।