कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनी भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको निर्माणाधीन भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।
आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ। भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि नथुनिएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगलागीले कम्पनीको खोप उत्पादनमा भने कुनै असर पर्नेछैन ।
पुनेमा सेरम इन्स्टिच्युट एक सय एकड जमिनमा फैलिएको छ । सेरम इन्स्टिच्युटले अहिलेसम्म पाँच करोड डोज कोरोना खोप उत्पादन गरिसकेको छ । कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई नेपालमा पनि अनुमति दिइएको छ । बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सेरमले नै बनाएको हो। सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो।