सुनकोशी गाउँपालिका कार्यालयबाट प्रम ओलीको फोटो गायब, ओलीको ठाउँमा प्रचण्डको फोटो

सुनकोशी गाउँपालिका कार्यालयबाट प्रम ओलीको फोटो गायब, ओलीको ठाउँमा प्रचण्डको फोटो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ माघ २०७७
  • 7.8K
    Shares

सुनकोशी गाउँपालिकामा प्रचण्डको फोटो

सामान्यत: सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ । तर सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो हटाइएको छ । त्यहाँ प्रधानमन्त्री ओलीको फोटो हटाएर डबल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको पाइएको छ । राष्ट्रपतिको फोटो भने टाँसिएकै छ ।

प्रतिनिधिसभा विघटनपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रधानमन्त्री ओलीको फोटो हटाएका प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष दिर्वसिंह मोक्तानले पूर्वमाओवादीको तर्फबाट राजनीति गरेर चुनाव जितेकाले प्रचण्डको फोटो राखिएको बताएका थिए ।

उपाध्यक्ष मुक्तानले भने प्रधानमन्त्रीको फोटो नहटाएको दावी गरे । ‘अध्यक्ष र मेरो कार्यकक्षबाट फोटो हटाएको होइन’ उनले भने, ‘सफा गर्ने क्रममा प्रधानमन्त्रीको फोटो फुटेको थियो, बनाएर ल्याउँदा ठूलो भएछ, फेरि बनाउन पठाएका छौं ।’ पछिल्लोपटक अध्यक्ष प्रचण्डको फोटो थप टाँस गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार