कास्की जिल्लामा पुष महिनाको उत्कृष्ट प्रहरीको रुपमा पोखरा विमानस्थल सुरक्षा गार्ड पोखरा, कास्कीमा कार्यरत प्रहरी जवान कमल शाही पुरस्कृत भएका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन कुमार श्रेष्ठले आज एक समारोहका बीच पुरस्कृत गरे। त्यस अवसरमा एसपी श्रेष्ठले प्रज शाहीलाई प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
पुष महिनाको सर्बोत्कृष्ट प्रहरी कर्मचारीका रुपमा प्रहरी जवान शाहीलाई सम्मानित गर्दै एसपी श्रेष्ठले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यवसायिक र लगनशील भई कार्यक्षेत्रमा प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीले हरेक महिना व्यवसायिक कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त जिल्ला प्रहरी कार्यालय, कास्की र मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरू मध्येबाट एक महिनाको अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत/ गर्दै आएको छ।