कुवेतमा सरकार बिघटन : राष्ट्रियसभासंग सम्बन्ध बिग्रिएपछि प्रमद्वारा राजिनामा

कुवेतमा सरकार बिघटन : राष्ट्रियसभासंग सम्बन्ध बिग्रिएपछि प्रमद्वारा राजिनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ माघ २०७७
  • 7K
    Shares

कुवेती प्रम शेख सबाह खालेद अल हमद अल सबाह

कुवेतको सरकार सोमबार विघटन भएको छ । राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहसमक्ष प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले पेश गरेको राजीनामा स्वीकृत भएको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् । साथै तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको पनि उनीहरुले जनाएका छन्।

जनवरी ३१ गते कुवेती राजा समक्ष राजीनामा चढाएका प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले मन्त्रीपरिषद् बैठकमा राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिनु लागेको जानकारी दिएका थिए।

प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गर्दै आएका थिए ।

प्रतिक्रिया