उत्तर कोरियाली सर्बोच्च नेता किमद्वारा अमेरिकालाई ‘सबैभन्दा ठुलो शत्रु’ घोषणा, परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने योजना सार्वजनिक

उत्तर कोरियाली सर्बोच्च नेता किमद्वारा अमेरिकालाई ‘सबैभन्दा ठुलो शत्रु’ घोषणा, परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने योजना सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ पुष २०७७
  • 6.2K
    Shares

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले अमेरिकालाई आफ्नो ‘सबैभन्दा ठुलो शत्रु’ घोषणा गर्दै उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने योजना सार्वजनिक गरेका छन् ।

नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने घोषणा गर्दै शत्रुशक्तिले आफूविरुद्ध आक्रमण नगरेसम्म परमाणु हतियारको प्रयोग भने नगर्ने बताए।

उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको स्पस्ट पारे।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै गरेको अवस्थामा आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि नेता किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन् ।

नेता किम र बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने विषयमा पटक पटक शिखर वार्ता भएपनि यसले उत्तर कोरिया र अमेरिकी सम्बन्धमा सुधार ल्याउन असफल बनेको थियो ।

वर्कर्स पार्टीको आठौँ कंग्रेसलाई नेता किमले सम्बोधन गर्दै बताउनुभएको छ । यस सम्बन्धमा अमेरिकाले तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

प्रतिक्रिया