ट्युशन पढ्न भनेर शनिबार बिहान घरबाट निस्किएका वीरगन्जका हाेटेल व्यवसायीका छाेरासहित दुई जना बालक बेपत्ता भएका छन्।
पर्साकाे सदरमुकाम वीरगन्जबाट शनिबार विहान ९ बजे ट्युशन पढ्न भनेर निस्किएका प्रणेश शर्मा र शिवेष कलवार बेपत्ता भएका हुन्। उनीहरु आफ्नाे घर परिवारकाे सम्पर्कमा नआएको पारिवारिक श्रोतलाई उल्लेख गर्दै समाचारस्रोतले जानकारी दिएको छ।
हराएका बालकहरु कक्षा ६ मा अध्यनरत रहेकाे शिवेष कलवारका पिता जगरनाथ कलवारले बताए । जगरनाथ कलवार हाेटेल तथा जग्गा व्यवसायी समेत हुन् ।
उनीहरु अपहरणमा परेका हुन् वा हराएका हुन् भन्ने बारेमा प्रहरी अन्यौलमा छ। तर त्यस बारे आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता डिएसपी मनाेजित कुवँरले जानकारी दिए ।