श्री एयरलाइन्समा काठमाडौंबाट झापाको भद्रपुर जान लागेका एक यात्रीलाई प्रहरीले ५० राउण्ड गोलीसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-२ का बद्रीहाङ राई रहेका छन्। उनको साथबाट प्रहरीले नाइन एमएम पेस्तोलमा लाग्ने ५० राउण्ड गोली समेत बरामद गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
प्रहरीका अनुसार १२:४५ बजेको श्री एयरलाइन्सको जहाजमा भद्रपुर उड्न लागेका उनको झोला प्रहरीले चेकिङ गर्ने क्रममा उक्त परिमाणको गोली बरामद भएको प्रहरीको दाबी छ। उनले किन त्यति ठुलो मात्रामा कसका लागि गोली झापा लैजान लागेका हुन् भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।