नवजात शिशुको मृत्यु पछि कीर्तिपुर अस्पतालमा तोडफोड,१७ जना पक्राउ

नवजात शिशुको मृत्यु पछि कीर्तिपुर अस्पतालमा तोडफोड,१७ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ पुष २०७७
  • 5.6K
    Shares

काठमाडौं । नवजात शिशुको मृत्यु भएपछि कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । हाल अस्पताल प्रशासन र परिवारबीच छलफल समेत चलिरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्टले बताएका छन् ।

प्रतिक्रिया