प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत भन्दै ठगी गर्ने चार जना ‘नक्कली सीआईबी’ पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत भन्दै ठगी गर्ने चार जना ‘नक्कली सीआईबी’ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ पुष २०७७
  • 5.2K
    Shares

‘नक्कली सीआईबी’ पक्राउ

आफुहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेको बताउदै जागिरको प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्यको अररिया फारविसगंज घर भई विराटनगर १ मा बस्दै आएका समिर साह, महोत्तरीको भंगाहा नगरपालिका ९ का आदित्य यादव, धनुषाको जनकपुरधाम ४ का चन्दन साह र वडा २ का रामचन्द्र साह रहेका छन् ।

उनीहरुलाई जनकपुरधामस्थित सिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्टबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनीहरु बस्ने कोठामा रहेको व्यागबाट तीन थान प्लाष्टिकका नक्कली पेस्तोल र विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर तथा चेक बुकहरु बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरु एक महिनादेखि उक्त होटलमा बस्दै आएका थिए । उनीहरुसँग सरकारी कर्मचारीको पनि साँठगाँठ हुनसक्ने प्रहरीको अनुमान छ । कमाउने उदेश्यले नै उनीहरु नक्कली सीआईबी बनेर ठगी धन्दामा लागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार