महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि जुम्लाका किसान निकै चिन्तित हुन थालेका छन्।
पातलो दिशा गर्ने, काम्ने, र्याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको त्यस अज्ञात रोगले जुम्लाको चन्दननाथ नगरपालिका–३ मा बाख्रा मर्न थालेका छन्। लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका छन्
०६४ सालदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका भक्तबहादुर कठायतका बिगत एक हप्तादेखि बाख्रा मर्न थालेका छन्। कठायतले पालेका अति महँगो मानिने बिकसित जातको बोयर जातका ६ वटा बोका मरिसकेका छन् भने चार वटा बिरामी छन् । उनलाई हालसम्म झण्डै साढे दुई लाखको क्षति भइसकेको उनी बताउछन। उनले प्रति बाख्रा ५० देखि ६० हजार रुपियाँ हालेर बाख्रा किनेर पालिरहेका छन्।
त्यसो त उनले बाख्राको उपचार नगरेका पनि हैनन्, पशु चिकित्सकले खोरमै पुगेर दुई दुई वटा सुई लगाएर फर्किएपनि रोग नियन्त्रण हुन नसकेको उनको गुनासो छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भेटनरी अस्पतालका प्रमुखलाई भनेर पशु प्राविधिकलाई नियमित रुपमा पठाउन निर्देशन दिएका छन् ।